जलस्रोत तथा सिंचाइ विकास डिभिजन संखुवासभा प्रदेश सरकार खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालय अन्तर्गतको कार्यालय हो |यस कार्यालयको कार्यक्षेत्र संखुवासभा जिल्ला रहेको छ | निम्न उदेश्यका साथ यो कार्यालयले आफ्नो कार्य संचालन गर्दै आएको छ |
उद्देश्यहरुः
- जिल्लामा बिद्यमान जलश्रोतको विकास गरि सिंचाइ योग्य जमिनमा बर्षैभरी सिंचाई सेवा बिस्तार गर्ने गराउने,
- कृषकको सहभागितामुलक अवधारणा अनुरुप उपभोक्ताहरुको संस्थागत विकास गरि सिंचाइ प्रणालीको दिगो व्यवस्थापन गर्ने गराउने,
- सिंचाइ विकाससंग सम्बन्धित प्राविधिक जनशत्ति, उपभोक्ता र गैर सरकारी संघ संस्थाको ज्ञान सिप र संस्थागत कार्य क्षमतामा बृद्धि गर्ने गराउने,
- जिल्लामा किसानद्वारा संचालनमा रहेका साना तथा मझौला सिंचाई प्रणालिहरुको मर्मत सम्भार गरि नहरको दिगो ब्यबस्थापनमा किसानहरुलाई सहयोग गर्ने,
- जिल्लाका साना तथा मझौला नदीहरुमा जल उत्पन्न प्रकोपबाट हुने कटान डुबानको ब्यबस्थापन तथा नियन्त्रण गरि जल उत्पन्न प्रकोपबाट हुने जनधन तथा कृषि योग्य जमिनको क्षतिलाई न्युनिकरण गर्ने,
- साना तथा मझौला नहरहरूको निर्माण तथा मर्मत सम्भार गर्ने गराउने,
- सिचांइको माध्यमबाट जिल्लाको कृषिको उत्पादन तथा उत्पादकत्व वृद्धिमा योगदान पुरयाउने ।